काठमाडौँ । शुक्रवार गठबन्धन दलहरूबीच मधेस प्रदेश सरकारको विषयमा छलफल हुने भएको छ । तत्कालीन माओवादी–एमाले गठबन्धनले मधेस प्रदेशमा सरकार बनाएको थियो । जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । पहिलो चरणमा अहिले जसपाले नेतृत्व गरिरहेको छ ।
एमालेले सरकार छाडिसकेको छ । कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरिरहेको छ । बारा–२ मा भएको उपनिर्वाचनको समय कांग्रेसले मधेस सरकार नेतृत्वको दाबी गरेको थियो । चुनावपछि छलफल गरेर टुंग्याउने सहमति भएको थियो । सोही सहमतिअनुसार, शुक्रवार पाँच दलीय गठबन्धनमा छलफल गरिन लागेको हो । गठबन्धनको सहमतिका आधारमा मधेस प्रदेशको सरकारमा हेरफेर हुने भएको छ ।