काठमाडौं । दुई जनालाई नक्कली नोटबाट सामान किनेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जाजरकोटको भूर गाविस घर भई हाल टोखा नगरपालका(७ बस्ने ३१ वर्षीय सम्झना गहतराज र बाँकेको नेपालगञ्ज घर भई हाल काठमाडौंको बागबजारस्थित युनिक होटलमा कोठा लिई बस्ने ३२ वर्षीय सादाहय हलुवाइ पक्राउ परेका हुन् ।
सादा पोशाकमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
गोकर्णेश्वर न.पा. ६ नँया बस्तीमा सम्झना गहतराजले किराना पसलमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट फेला पारी सोधपुछका क्रममा उनीसहित हलुवाइ पनि समातिएका हुन्।
प्रहरीले उनीहरुको साथबाट तयारी अवस्थामा रहेको १ हजार दरका नक्कली नोट फेला पारेको छ । उनीहरुमाथि मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।