काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन : विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ । रास्वपाले शुक्रकार सरकारलाई दिएकाके समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुन : विश्वासको मत लिनु पर्ने/नपर्ने विषयमा बहस चलेको बेला गठबन्धनले उक्त निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साझ बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको छ । बैठकमा नागरिकता विधेयकबारे पनि छलफल भएको थियो ।
समाचार स्रोतका अनुसार कानुन व्यवसायीहरुले तत्कालिन राष्ट्रपति विद्यालेवी भण्डारीले होल्ड गरेको नागरिकता विधेयकलाई नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्ने बताएका छन् । त्यसबेला बिवादस्पद बनेका बिधेकहरु अहिले अगाडी बढाउनुलाई रहस्यमय मानिएको छ । रेशम चौधरी रिहाई गर्नलाई गठबन्धन दलले विधेयकलाई अगाडी बढाउन खोजेको समाचार स्रोतले बताएको छ ।