काठमाडौं । एनआईसी एसिया क्यापिटलले एकै पटक तीनवटा कम्पनीसँग सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । क्यापिटलले भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, डोल्ती पावर कम्पनी लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडसँग सेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भएको जनाएको छ ।
सेयर रजिष्ट्रार सेवाअन्तर्गत क्यापिटलले तीनवटै कम्पनीको सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरको अभिलेख राख्ने, दाखिल खारेज, सेयर नामसारी, सेयरधनी लगत अध्यावधिक गरी राख्नेलगायतका सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कामा गर्नेछ । यो सेवा क्यापिटलले २०८० साल वैशाख २४ गते आइतबारदेखि दिनेछ ।