काठमाडौं । सेयर बजार परिसुचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १९ अंकले घटेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पनि १६ दशमलव ९३ अंकले ओरालो लागेर १८ सय ३३ दशमलव ६९ बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंकले ओरालो लागेर तीन सय ५२ दशमलव ३७ बिन्दुमा झरेको छ । यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ७० वटा कम्पनीहरुको २५ हजार पाँच सय ८८ पटक सेयर किनबेच भएको छ । जसबाट २८ लाख १० हजार छ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ८२ करोड ४२ लाख १७ हजार एक रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा सेयर बजार पुरै रातो देखिएको छ ।