काठमाण्डौं,चैत २४
काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने चार सय ५२ महिलासहित १८ सय सात जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान ६ बजेदेखि दिउसो ४ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी दुई सय चारवटा दुई पाङ्ग्रे र नौवटा चार पाङ्ग्रे गरी दुुई सय ४९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडाँैबाट १३ सय ८६ जना, ललितपुरबाट दुुई सय २४ जना र भक्तपुरबाट १सय ७८ जनालाई नियन्त्रणमा लिएको हो ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर तपाईंहाम्रो सम्पूर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई आग्रह गरे ।