काठमाडौं । अघिल्लो दिन ऋणको व्याजदर घट्ने भएपछि बढेको भनिएको सेयर बजार पुन घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार दुई दशमलव ४३ अंकले घटेर १८ सय ४१ दशमलव ९३ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४५ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव ८० बिन्दुमा खुम्चिएको छ । यसदिन १३ वटा उपसमुमहरु अन्तर्गत दुई सय ६५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट १६ हजार एक सय पटकको कारोबारमा १९ लाख ४२ हजार छ सय २६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ५८ करोड ९१ लाख ७७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।