काठमाडौं । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक तीन दिनसम्म चल्ने छ । बैठकबाट विभिन्न १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तयारी एमालेले गरेको छ ।