काठमाडौँ । भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको बताएका छन् । लामिछानले वैशाख ३० गते राजधानीमा आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका हुन ।
शनिबार आयोजित भ्रष्टाचारविरोधी अभियानको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भनेका छन्, ‘राम्रो काम जसले गरेपनि सघाउनुपर्छ। देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा, नारा नबोकी सकेसम्म रास्वपा समर्थकहरु सहभागी हुनुहोला।’
‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो । त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु रवीले भने ।