काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकासप्रतिको चाहनालाई सम्मान गर्न जोशीद्वारा रचित बालसाहित्य पुस्तक प्रकाशनका लागि सहयोग प्रदान गरेको छ ।
भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पु¥याएको योगदानको कदर गर्दै उनको जीवनकालमा राखेको चाहनालाई मूर्त रुप दिन सो सहयोग गरिएको बैंकले जनाएको छ । यस्तै प्राज्ञिक तथा साहित्यिक संस्था ‘लोकसाहित्य परिषद्’ बखुंबहाल, ललितपुरको अगुवाइमा वाङ्मय शताब्दी पुरुष जोशीद्वारा रचित पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) शताब्दी पुरुष सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीको अवसरमा बुधबार बैंकको उपस्थितिमा एक समारोहबीच लोकार्पण भएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।