काठमाडौं । यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद शुक्रबार बङ्गलादेशको ढाकामा प्रस्थान गरेका छन ।
यही वैशाख ३० गते ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा बङ्गलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन् । उनी वैशााख ३१ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।