काठमाडौ । सेयर बजार परिसुचक ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्र्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्यो । उक्त समिक्षाले सेयर बजार बढ्ने अपेक्षा गरिएपनि सेयर बजार भने पुन घटेको छ ।
साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १६ दशमलव ९६ अंकले ओरालो लागेर १८ सय २१ दशमलव ६४ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५२ अंकले ओरालो लागेर तीन सय ४९ दशमलव ५८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २२ हजार सात सय २९ पटकको कारोबारमा २७ लाख ८८ हजार आठ सय १५ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ९० करोड पाँच लाख ६३ हजार आठ सय ५६ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको कारोबार भएकोमा लगानी समुहको सुचक सामान्य अंकले उकालो लागेर बाँकी समुहहरुको सुचक ओरालो लागेका छन् ।