काठमाडौँ । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार नआइसकेका कारणले प्रधानमन्त्रीले पढ्ने भएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बिहान बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो ।
राष्ट्रपति पौडेलले संक्षिप्त रुपमा नीति तथा कार्यक्रम पढेपछि बाँकी प्रधानमन्त्रीले पढ्ने सहमति भएको छ कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले भने । ‘राष्ट्रपतिजी अलि अस्वस्थ हुनुहुन्छ । सबै उहाँले पाठ गर्न सक्नुहुने होइन,’ उनले भने, ‘राष्ट्रपतिजीले पाठ गर्न नसकेपछि संक्षिप्तमा राष्ट्रपतिले पढेर प्रधानमन्त्रीले पढ्ने होकि नीति कार्यक्रम भन्नेबारे छलफल भएको छ । यी कुरामा सहमति गरेर अगाडि बढ्ने कुराकानी भएको छ ।’