काठमाडौं । भुटानी शरणनार्थी ठगी अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सोमबार सरकारी वकिल कार्यालय लगिएको छ।

उनलाई बयानका लागि सोमबार बिहान बबरमहल सरकारी वकिल कार्यालय लगिएको हो । खाणलाई अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ । उनलाई गत वैशाख २७ गते प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो ।