काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै १७ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन तीन दशमलव ३४ अंंकले ओरालो लागेर १८ सय १८ दशमलव ३१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५७ अंकले घटेर तीन सय ४९ दशमलव शुन्य एक बिन्दुमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २० हजार एक सय ५८ पटकको कारोबारमा २३ लाख ४१ हजार दुई सय ४० कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ७२ करोड ४९ लाख ६९ हजार नौं सय ८० रुपैयाँ पुगेको छ । आज कारोबार भएका मध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।