काठमाडौं,भुटानी शरणार्थीे प्रकरणमा जोडीएका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

आइतबार पक्राउ पूर्जि जारी गरेपछि उनी सम्पर्कविहीन भएको बताइएको थियो ।शेर्पा रामेछापबाट २०७० सालमा सभासद निर्वाचित भएका थिए । उनी शरणार्थी प्रकरणमा पक्राउ पर्ने १४ औं व्यक्ति बनेका छन् ।