काठमाडौं । सेयर बजार परिसुचक सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ३४ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने तीन दशमलव ३१ अंकले उकालो लागेर १८ सय २१ दशमलव ६२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव शुन्य आठ अंकले ओरालो लागेर तीन सय ४८ दशमलव ९३ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज दुई सय ६९ वटा कम्पनीहरुको १८ हजार आठ सय ८९ पटक सेयर कारोबार भएको छ । जसबाट २० लाख ६३ हजार सात सय ३७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ६४ करोड एक लाख १७ हजार दुई सय ६० रुपैंयाँ पुगेको छ ।
आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा बाँणिज्य बैंक र अन्य उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुमहरुको सुचक उकालो लागेका छन् ।