काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी)बाट खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको हो । घटाइएको मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत् छ ।
मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ थियो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, हवाई इन्धन आतिरिकतर्फको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँँ र बाह्यतर्फ प्रतिलिटर अमेरिकी डलर १.५० कायमै छ । यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ यथावत् छ ।