काठमाडौं । मदन–आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा पार्टीद्वारा आयोजित श्रद्धाञ्जलिसभामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई अहिले राजनीतिकरूपमा भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताएका छन् ।
बुधबार सो कार्यक्रममा बोल्दै उनले राजनीतिक संरक्षणमा बढ्दै गइरहेको भ्रष्टाचारले देश विकासमा अवरोध पु-याएको बताए । विश्वभर रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिष्ट विचार तथा आन्दोलनलाई उचाइमा पु¥याएको अध्यक्ष नेपालले बताए ।
कुशल सङ्गठक जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनरुप सङ्गठन निर्माणमा योगदान गरेको उनको भनाइ थियो । नेता नेपालले उनीहरूको हत्याले नेपालको कम्युनिस्ट र देशभक्ति आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताए।
सरकारले घटनाको प्रमाण सङ्कलन गरी छानबिन तथा अनुसन्धान गर्न नसकेकाले रहस्यमय हत्याकाण्डका रूपमा लिनुपर्ने उल्लेख गर्दै उहाँले देशमा भएका आन्दोलन तथा अनेक चुनौतीका बीच सामन्त वर्गको अन्त्य गरी नेपालको जनवादी क्रान्तिलाई अगाडि बढाइएको विचार व्यक्त गर ।