काठमाडौं । ३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको मदन भण्डारीको सालिकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरेकी छिन् ।
सो कार्यक्रममा तीनकुनेस्थित मदन स्मृति उद्यानमा पूर्वराष्ट्रपति भण्डारीले वृक्षरोपणसमेत गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोपे ।
महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत बुधबार पूर्वराष्ट्रपति भण्डारीले अवलोकन गरिन् । वि.सं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।