काठमाडौँ । रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दको घोषणा गर्ने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको हो ।
सो पार्टीले पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने र त्यसपछि पनि माग पुरा भएन भने जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी दिएको छ । यो अदालती मुद्दा नभई राजनीतिक मुद्दा भएकाले सरकारले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा दामोदर पण्डितले जोड दिए ।
पार्टीले सर्वोच्च अदालतको निर्णयको विरोधमा आन्दोलन गर्ने घोषणा गरे पनि जेलमा रहेका चौधरीले भने एक विज्ञप्ति जारी गरी अदालतको निर्णय स्वीकार गरेका छन् ।