काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको यही जेठ तीन गते बुधबार बसेको सञ्चालक समितिको एक सय ४१ औं बैठकले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब रुपैयाँमध्येबाट नौ दशमलव आठ प्रतिशतका दरले हुन आउने १९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि भने कम्पनीले शून्य दशमलव ५१ प्रतिशत अर्थात् एक करोड तीन लाख १५ हजार सात सय ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।