काठमाडौं । निर्वाचन क्षेत्र नम्बर ४ रुपन्देहीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच हजार दुई सय ९६ मतले पछार्दै विजयी भएका हुन् ।

सम्मरीमाई गाउँपालिका–४ जिगिना स्थायी घरभएका शुक्ल यस क्षेत्रबाट तेस्रो पटक चुनाव जितेका हुन् । उनी छ पटक मन्त्री भइसकेका छन् ।