काठमाडौं ,स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ३१ लाख ८९ हजार रुपैयाँ थियो । हाल चुक्तापुँजी १६ करोड ६१ लाख ३८ हजार रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६९ करोड ४४ लाख ३० हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई अर्ब दुई करोड ७९ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ९७ लाख एक हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ लाख ९० हजार रुपैयाँ छ भने निष्क्रिय कर्जा तीन दशमलव ५९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा भने संस्थाले ६२ करोड ६६ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड ४३ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ५४ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड चार लाख ८५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जा शून्य दशमलव ६८ प्रतिशत थियो ।