काठमाडौं,नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै राम्रो बजार लिएको ब्राण्ड रिभरसङले नयाँ मोडलको इयरबड्स नेपाली बजारमा भित्र्याएको छ । मोबाइल एक्सेसोरिज तथा वेयरेबलको बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीको रूपमा स्थापित भएको केमियो इन्टरनेसनल प्रा.लि.ले आफ्नो रिभरसङको नयाँ एयरफ्लाई एल ३ नामक इयरबड ल्याएको हो ।
यसमा इन्भाइरोमेन्टर न्वाइज क्यान्सिलेसनको फिचर रहेको एयरफ्लाई एल ३ले ग्राहकलाई प्रत्येक साउण्डमा उत्साहित बनाउनेछ । यसमा एचडी स्टेरियो साउण्ड र लसलेस अडियोको सुविधा रहेको छ । यस्तै, भ्वाइस असिस्टेन्ट र सिरीलाई यसमा राखिएको छ । ब्लुटुथः ५.३ कनेक्सन, स्वीट प्रुफ अर्थात् पसिनाले असर नगर्ने प्रमाण आईपीएक्स ५.० रहेको छ भने १० मिटरसम्म डिभाइसमा कनेक्सन हुन सक्छ । एयरफ्लाई एल ३ मा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा २०० एमएएच ब्याट्री क्षमता रहेको छ । जसले पाँच घण्टासम्म निरन्तर प्लेब्याक गर्न सकिने कम्पनीले जनाएको छ । टाइप–सी चार्जिङ इन्टरफेस भएको यो इयरबड क्यालिफोर्निया संयुक्त राज्य अमेरिकामा डिजाइन गरिएको हो । जसमा एक वर्षको वारेन्टी रहेको छ ।