काठमाडौं,आईएमई इन्डिया प्रालिले भारतको राजधानी नयाँ दिल्लीस्थित कनाट प्लेस–बाह्रखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले शाखाको उद्घाटन गरेका हुन् ।
आईएमई इन्डियाले नयाँ शाखामार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंकसँगको सहकार्यमा इन्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ ।
सो अवसरमा राजदूत डा.शर्माले नयाँ शाखामार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरूलाई रेमिट्यान्स सेवा तथा इन्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताए । आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए ।