काठमाडौं, साना किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५८ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको नाफा ५० करोड २५ लाख १७ हजार आठ सय ५८ रुपैयाँ थियो ।हाल चुक्ता पुँजी एक अर्ब ९७ करोड ११ लाख ६१ हजार दुई सय ९६ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा १८ अर्ब ६४ करोड १२ लाख ६८ हजार नौ सय ४१ रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ६८ करोड ९४ लाख ९२ हजार सात सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब २२ करोड ३१ लाख ३९ हजार एक सय ९१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ५७ प्रतिशत रहेको छ ।गत आवको सोही अवधिमा भने संस्थाले १६ अर्ब ३० करोड ४३ लाख ७१ हजार छ सय ५९ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ३१ करोड १५ लाख ८५ हजार आठ सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९६ करोड २८ लाख ४२ हजार तीन सय नौ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । त्यस्तै, स्प्रेड दर चार दशमलव २५ प्रतिशत रहेको थियो ।