काठमाडौं आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५६ लाख ९१ हजार चार सय ३४ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा संस्थाले चार करोड ९२ लाख दुई हजार चार सय ९५ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार चार सय नौ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा एक अर्ब ५५ करोड ४६ लाख ४३ हजार पाँच सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८१ करोड तीन लाख ३५ हजार छ सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १९ करोड ३७ लाख ६२ हजार आठ सय ६३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ६३ प्रतिशत रहेको छ ।गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६५ करोड ४८ हजार सात सय ४१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५२ करोड १५ लाख २७ हजार पाँच सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ८८ लाख १९ हजार पाँच सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८२ प्रतिशत रहेको थियो ।