काठमाडौं,गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५४ लाख ९१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड पाँच लाख १३ हजार रुपैयाँ रहेको थियो ।हाल चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ३१ करोड ४२ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १८ करोड ६५ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन करोड ४० लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले २७ करोड २४ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २८ करोड ६९ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ८३ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।