सानिमा बैंक लिमिटेडले सोमबार लमजुङको त्रिवेणी टोल, बेँसीसहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रूपमा गरेका हुन् ।
समुद्घाटन् समारोहमा मह जोडीले लमजुङको बेँसीसहरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बंैकको हाल देशका सातै प्रदेशमा एक सय ३१ वटा शाखा कार्यालय र एक सय २२ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।