काठमाडौं,मिटरब्याजीहरूको तथ्यांक संकलन गरी पीडितहरूको समस्या समाधान गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले काम गर्न थालिसकेको अवस्थामा नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सरकारले नियुक्त गरेको विज्ञ सदस्य किशोर प्रधान पनि मिटरब्याजी भएको आरोप लागेको छ । सप्तरीका मिटरब्याजपीडित प्रमोद शाहले निगमका बोर्डसदस्य प्रधानले मिटरब्याजमा आफ्नो सम्पत्ति कब्जा गरेको आरोप लगाएका छन् ।तीन बिघा पाँच कट्ठा जग्गा किशोर प्रधानको नाममा पास गरेर २०३७ साल माघ १ गते पाँच हजार रुपैयाँ लिएको थियो । २०३७ सालमा लिएको उक्त ऋणको २०५२ साल सम्म ५५ हजार रुपैयाँ ब्याज तिरेको शाहले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेता समेत रहेका प्रधानले मिटरब्याज लिइसकेपछि पनि अहिलेसम्म ऋणीको उक्त जमीन फिर्ता गरेका छैनन् । त्यस्तो व्यक्ति निगममा राजनीतिक नियुक्ति लिएर बस्दा निगमको हितमा कसरी काम होला भन्ने प्रश्न खडा भएको छ ।