आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीका अनुसार श्रेष्ठको नियुक्तिका लागि कम्पनीको सञ्चालक समितिको यही वैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको थियो । सोपश्चात् नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट यही जेठ पाँच गतेको पत्रमार्फत स्वीकृति प्राप्त भए पनि कम्पनीले प्रमुख कार्यकारी अधिकृतको रूपमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
नवनियुक्त प्रमुख कार्यकारी श्रेष्ठलाई कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकमा कम्पनीका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गराएका हुन् । उक्त अवसरमा कम्पनीको सञ्चालक समिति तथा व्यवस्थापनबाट श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।