नेपाल इन्भेस्टमेन्ट बैंकले उपायका ड्राइभर पार्टनरलाई बीमा सुविधा दिने भएको छ । बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाउन्ट योजनाअन्तर्गत ड्राइभर पार्टनरहरूलाई सहज भुक्तानीको सुविधासहितको शून्य शेषी खाता जसमा सात लाख रुपैयाँसम्मको दुर्घटना वा मृत्यु बीमा सुविधा प्रदान गर्ने भएको हो ।
१५ हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा र ३५ हजारसम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्ने सहमति पनि बैंकले गरेको छ ।यो सम्झौताअनुसार बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरूलाई वित्तीय साक्षरता अभिवृद्धि, आधुनिक बैंकिङ सुविधा प्रयोगमा सरलतालगायत अन्य विषयमा आवश्यक तालिम तथा अभिमुखीकरण गर्दै
जाने छ ।