काठमाडौं ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भएका छन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भारत भ्रमण जेठ १७ देखि २० सम्म गर्ने गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएपछि प्रधानमन्त्रीको भारत भ्रमण तय भएको समाचार स्रोतले बताएको छ । भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च तहका नेताहरुसँग छलफल र भेटघाट हुने बताइएको छ ।