काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड २४ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड १९ लाख ७७ हजार रुपैयाँ रहेको थियो । दुई अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ६९ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ४३ रुपैयाँ ६७ पैसा रहेको छ ।