कृषी सामग्री कम्पनी लिमिटेडले रासायनिक मल आयातकर्ता सिल्क मार्केट कम्पनीसँग सम्झौता रद्द गरेपछि सिल्क मार्केटले चिनबाट ल्याएको १० हजार मेट्रिक टन युरिया मल व्ल्याक मार्केटमा जाने आशंका गरिएको छ । सिल्क मार्केटले तातोपानी नाकामा मल ल्याइसकेको मल बुझनका लागि कृषी सामाग्री केन्द्रलाई आग्रह गरेको थियो,तर विसं २०७८ सालमा गरेको सम्झौता अनुसार इमान्दार तरिकाले काम नगरेपछि कृषी सामाग्री केन्द्रले जेठ आठ गते नै सिल्क मार्केटलाई पत्र पठाएर सम्झौता रद्द भएको जानकारि गराईसकेको थियो ।
सम्झौता रद्द भएपछि तातोपानी नाकामा रहेको मल व्ल्याकमा जाने आशंका गरिएको छ । किसानहरुलाई सरकारले समयमानै चाहिने बेलामा मल उप्लब्ध गराउन नसके बिचौलियाहरुले उक्त मललाई बजारमा व्ल्याकमा पठाउने आशंका गरिएको छ । मल ल्याउने सिल्क मार्केट कम्पनीलाई असअघि नै कृषी सामाग्री कम्पनी लिमिटेडले कालोसूचीमा राखेको छ ।