काठमाडौं,रबी लामिछानेविरुद्ध मुद्दा हालेर भाइरल बनेका युवराज सफलमाथि कुटपिट भएको छ । बानेश्वरमा शनिबार दिउसो भएको स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शन कार्यक्रममा घुसेपछि उनीमाथि आक्रमण भएको हो । पछिल्लो समयमा युवराज सफलले युटुव , फेसवुक लगायत सामाजिक संजालका माध्यमहरुद्वारा आईभ आएर भड्किला अभिव्यक्ति दिने गरेका थिए ।हालै, प्राइम टाईम टिभीमा रिषि धमलाको जनता जान्न चाहान्छन कार्यक्रममा सँगै सहभागि भएका अधिवक्ता यज्ञमणि न्यौपानेलाई हातहालेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकताहरुलाई जथाबाहि त्यही बोलेका थिए । भने आफ्ना ३५ सय सेना भएको भनि कानुन बिपरित अभिव्याक्तिहरु दिएका थिए । त्यसै रिसमा केहि मानिसहरुले उनिमाथि आक्रोस पोखेको हुनसक्ने बुझिएको छ । उनीमाथि आक्रमण गर्ने विप्लव खडका र सोम शर्मा लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।