काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भारत भ्रमणबारे राजनीतिक परामर्श गर्ने भएका छन् ।
यस्तै, आजै पूर्वपराराष्ट्र सचिव, भारतका लागि पूर्वराजदूत र विज्ञहरूसँग पनि प्रधानमन्त्री प्रचण्डले परामर्श गर्दैछन्। परामर्श दिउँसो साढे तीन बजेका लागि तय भएको छ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको तालिका सार्वजनिक गरिएको थियो।