काठमाडौं । निरन्तर उकालो लागेको सेयर बजार परिसुचक अन्ततः ओरालो लागेको छ । गत साता लगातार उकालो लागेको सेयर बजार यो साता सुरुवाती कारोबार दिन अर्थात आगामी आर्थिक बर्षको बजेट घोषणा हुनुअघिको अन्तिम दिन आज आईतबार दोहोरो अंकले ओरालो लागेको हो ।
सुरुवाती समयमा उच्च अंकले बढेको बजार परिसुचक अन्तिम समयमा आएर १७ दशमलव ३८ अंकले घटेर १९ सय ४१ दशमलव ७४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९० अंकले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरु अन्तर्गत दुई सय ६८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४७ हजार छ सय ६१ पटकमा ७० लाख ४९ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ६३ करोड ९५ लाख नौं हजार छ सय ९७ रुपैंयाँ ७० पैसा पुगेको छ ।
आज १३ वटा समुहहहरुको कारोबार हुँदा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक झिनो अ्रंकले उकालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा सहितका ११ वटा समुहहरुको सुचक उच्च अंकल घटेर रातै भएका छन् ।