काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रुपैयाँको दाबी भुक्तानी गरेको जानकारी दिएको छ । टीकापुर नगरपालिका वडा नं १ कैलाली घर भएका बीमित नरबहादुर साउदको मिति २०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रमका बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानुदेवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो जीवनकालमा नरबहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि टीकापुर शाखा कार्यालयबाट विसं २०७५ भदौ १३ गते ५० लाख रुपैयाँ बीमांक भएको जीवन बीमा योजना लिएका थिए । बीमांकबापतको रकमअन्तर्गत ५० लाख रुपैयाँ र बोनसबापत १४ लाख २५ हजार रुपैयाँसमेत गरी कुल ६४ लाख २५ हजार रुपैयाँ इच्छाइएको व्यक्ति (श्रीमती)लाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
कागजात प्राप्त भएको पाँच दिनभित्र नै कम्पनीले भुक्तानी गरेको हो । दाबी प्रक्रियालाई चुस्त÷दुरुस्त, बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।