काठमाडौं । नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लिले नयाँ बर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब २ दिन मात्र बाँकी रहेको छ ।
नयाँ बर्ष २०८० को अवसर अन्तर्गत कम्पनीले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रुपैयाँ र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार रुपैयाँ मुल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ । त्यसका साथै शुन्य प्रतिशत ब्याजदरको फाइन्यान्स सुबिधा र बाइक एक्सचेन्जमा बजार मुल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफर मार्फत आफ्ना प्रयोगकर्तालाई उपलब्ध छ । सिमित अवधिका लागि लागु भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अन्त्य हुने भएको छ । यस अफरको फाइदा उठाउनका निम्ति प्रयोगकर्तासँग केवल दुई दिन मात्र बाँकी रहने कम्पनीले जनाएको छ ।