काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २७ करोड ४४ लाख ६९ हजार आठ सय २२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २६ करोड ५९ लाख ६६ हजार छ सय ६४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ५६ करोड ३७ लाख ४३ हजार पाँच सय ७२ रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ अर्ब २७ करोड २० लाख २० हजार दुई सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४६ करोड २९ लाख तीन हजार सात सय ९३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ८१ करोड ४० लाख १४ हजार छ सय ३९ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने एक दशमलव २२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ११ अर्ब ६८ करोड ९७ लाख ७१ हजार तीन सय ३७ रुपैयाँ कर्जा प्रवाह गर्दा ४४ करोड ७० लाख ९६ हजार चार सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा तीन दशमलव ५९ प्रतिशत स्प्रेड दर रहेको संस्थामा शून्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने वितरणयोग्य नाफा ९६ करोड ४३ लाख ६० हजार आठ सय ६२ रुपैयाँ रहेको थियो ।