काठमाडौँ । राष्ट्रपति कार्यालय अगाडि नागरिकता विधेयकको विरोधमा नाराबाजी गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् । बुधबार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।