नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमणमा दिल्ली पुगेका छन् । महात्मा गान्धीको समाधिस्थलमा उनले पुष्पगुच्छा अर्पण गरेका छन् ।
बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुअघि दाहालले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए ।
महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महतलगायत राजघाट पुगेका थिए ।