काठमाडौं । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजेका लागि बैठक बोलाइएको हो ।

समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी गराए । यसअघि एमालेको गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो ।