काठमाडौँ । पार्टी मुख्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकमा वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइनुको साथै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ । एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।