काठमाडौं । सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका भएकामा एक जनाको उद्धार गरिएको छ। साथै बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले स्काभेटर र नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको जानकारी दिएका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी सुनकोशी नदीमा खसेको हो।
नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।