काठमाण्डौं,वैशाख १
नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार आइतार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गरिएको हो ।
जारी मिति वैशाख २ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन लिएका थिए । बिक्री गरिएको कुुल टे«जरीमध्ये ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको दुई २५ करोड रुपैयाँको रहेको छ ।
सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ असार ३० गते तोकिएको छ भने एक सय ८२ दिने टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ असोज २७ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि यही चैत २४ गते पनि राष्ट्र बैंकले ३१ अर्ब १० करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको २० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेको थियो ।