काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार नियुक्त गरेको छ । उक्त नियुक्तिसम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको इन्स्योरेन्सले जनाएको छ । सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले हस्ताक्षर गरेका हुन् ।
युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई २०८० वैशाख २६ गतेबाट संयुक्त कारोबार सुरु भएको हो ।