वासिङ्टन डीसी । ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुख एला इरविनले राजीनामा दिएको बताएकी छिन् । अर्बपति एलोन मस्कले गत अक्टोबरमा ट्विटरलाई प्राप्त गरेपछि उनले हानिकारक सामग्रीविरुद्ध ढिलो सुरक्षा दिएको भनेर आलोचनाको समाना गर्नुपरेको थियो ।
सन् २०२२ जुनमा ट्विटर प्रवेश गरेकी इरविन गत नोभेम्बरमा ट्रस्ट एन्ड सेफ्टी विभागको प्रमुख बन्न सफल भएकी थिइन् ।
ट्विटरको एउटा इमेलले पप इमोजीको साथ स्वचावित जवाफ फर्काएपछि इरविनले थप टिप्पणी अस्वीकार गरेकी थिइन् । मस्कले पनि टिप्पणीका लागि भएको अनुरोधको जवाफ फर्काएनन् ।
मस्कले मे महिनामा ट्विटरको नयाँ सीईओ बन्न एनबीसी युनिभर्सलका पूर्वविज्ञापन प्रमुख लिन्डा याकारिनोलाई नियुक्त गरेको घोषणा गरिसकेका छन् ।